समाचार

८२ रन वनाएपछि नेपालले रोहितलाई गुमायो



काठमाडौ २० वैशाख । । चौथो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय १० रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले पाँचौँ विकेट गुमाएको छ । नेपालले पाँचौँ विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।
पेभेलियन फर्किनुअघि उनले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ८२ रन बनाए । यस क्रममा उनले केवल ४७ बलको सामना गरी पाँच छक्का र सात चौका हिर्काएका थिए । उनलाई क्यारेबियन बलर ह्याडेन वाल्सले फोर्डद्वारा क्याच गराएका हुन् ।