Banner News

राजापुरको कोणसभा भव्य सभामा परिणतः नेताहरु सम्बोधन गर्दै



काठमाण्डौ, २ चैत। नेकपा एमालेको मेची–महाकाली अभियान मंगलवार बर्दियाको राजापुर पुगेको छ । बर्दियाको गुलरियाबाट बिहान हिंडेको एमालेको केन्द्रीय टोली राजापुर पुगेपछि त्यहाँ पनि सभा भएको हो । यस अघि राजापुरमा कोणसभा मात्रै गर्ने या]जना रहेको थियो । राजापुरमा सहभागीता भव्य भएपछि त्यहाँ पनि सभा भएको हो ।
त्यसोत एमालेको अभियानलाई लक्षित गरी मधेसी मोर्चाले अभियान जहाँ पुग्यो त्यहाँ बन्दका कार्यक्रम आयोजना गर्दै आएको छ । सत्तारुढ मोर्चाले एमालेका सभा बिथोल्न बम आक्रमण समेत गर्दै आएको छ । अभियान बिथोल्न मंगलवार बर्दिया र कैलाली बन्दको आयोजना गरिएको थियो ।
बन्द र बम आक्रमणका बावजूद एमालेको सभामा हजारौंको सहभागिता छ । सभालाई वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायतका वक्ताहरुले कार्यक्रममा सम्बोधन गरेका छन।