शैक्षिक

विवेक फेला परे



काठमाण्डौ,४ चैत्र । करीब १५ दिन देखि लामटाङबाट हेलम्बुतर्फ ट्रेकिङ जानेक्रममा हिमपातले गर्दा सम्र्पकविहीन भई हराइरहेका भक्तपुर सिपाडोल निवासीऋषिराम बस्नेतका छोरा विबेक बस्नेत वर्ष २४ का केही दिन यतादेखिको अथक प्रयासबाट सकुशल उद्धार भएका छन् । हाल उनको ग्राण्डी अस्पतालमा उपचार भैराखेको पारिवारिक स्रोतले जानकारी गरायो । उनीसंगै

लाङटाङको क्यान्जिन गुम्बाबाट गन्जला पास हुँदै हेलम्बुको पदयात्रामा रहेका ललितपुर पाटन घर भएका बर्ष २५ का योगेश शाक्यको भने अझै पतालागन नसकिएको स्रोतले जानकारी गरायो ।

उनीहरु फागुन २४ गते देखि उक्त क्षेत्रमा हराइरहेको निजका परिवार स्रोतले जानकारी गरायो।