शैक्षिक

चौंथो प्राचिन कपिलवस्तु महोत्सवको तयारि तीव्र



इमरान खान
कपिलवस्तु,८ चैत्र । ‘‘कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन, कृषी, उद्योग र व्यापार’’ भन्ने मुल नाराका साथ कपिलवस्तुको तौलिहवा स्थित बुद्ध पद्म उच्च माध्यमिक विद्यालयको खेल मैदानमा संचालन हुन गईरहको चौंथो प्राचिन कपिलवस्तु महोत्सवको तयारि तिव्र पारिएको छ ।
तौलिहवा उद्योग बाणिज्य संघको आयोजनामा यहि चैत्र ११ देखी २३ गतेसम्म संचालन हुने महोत्सवको तयारी तिव्र रुपमा थालिएको हो । महोत्सव हुने स्थान बुद्ध पद्म उच्च मा वि को खेल मैदानमा हालमा महोत्सव थालिए छ । मौवतका कुवा, झुला तथा बाल उत्थान लगायतका मनोरञ्जनका लागि आवश्यक पूर्वाधार साथ साथै स्टलहरु धमाधम निर्माण भएको देख्न सकिन्छ भने तौलिहवाको आसपासका क्षेत्रहरुमा प्रचारप्रसार व्यापक पारिएको छ । तौलिहवा उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवलाई विभिन्न २६ वटा उपसमितिहरु गठन गरि जिम्मेवारी बाडफाँड गरी काम तिव्र पारिएको महोत्सवका संयोजक तथा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताए ।
भगवान गौतम बुद्धको शान्तिको सन्देश विश्वमा फैलाउन र बुद्धसँग जोडिएका स्थानहरुको प्रचारप्रसार गर्नको लागि महोत्सव आयोजना गरिएको समितिले जनाएको छ । महोत्सवमा कृषि, पर्यटन, व्यापार, बाल उद्यान, मनोरजञ्न, गौतम बुद्ध र प्राचिन कपिलवस्तु झल्को दिने सामाग्रीहरुका साथै नेपालमा नपाईने उटको नाचका साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने सह–संयोजक संतोष कसौधनले जानकारी दिए । कपिलवस्तुको चिनारी नै गौतम बुद्ध रहेको हँुदा त्यसको प्रचारप्रसारमा प्राचिन कपिलवस्तु महोत्सवले महत्वपुर्ण योगदान दिने स्थानीय मूमताज खान जयूले बताएका छन । महोत्सवले कपिलवस्तुको विकास र प्राचिन कपिलवस्तुको ऐतिहासिक विशेषतालाई उजागर गर्न समेत विशेष भुमिका खेल्ने हुँदा त्यसमा सबै कपिलवस्तु बासी लाग्नु पर्ने कपिलवस्तु नगर विकास समितिका अध्यक्ष रवी ठाकुरले बताउछन् ।
यस्तै महोत्सवमा प्राचिन कपिलवस्तु झल्को दिने तथा अन्य प्रद्र्धशनी, व्यवसायिक, कृषी, होटल लगायत गरि १ सय ५० भन्दा बढी स्टल रहने स्टल स्थल तथा लेखा व्यवस्थापन समितिका संयोजक मो। जाहीद खाँ ले जानकारी दिए उनका अनुसार महोत्सवमा करिव २ करोड बढिको व्यवसायिक कारोबार हुने र २ लाख बढि दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।