शैक्षिक

टाउँको परिवारको बोझः जब गुजारा चलाउँन लौरोको साहारामा हिड्ने दिनेशले रोजे रिक्सालाई नै पेशा



अशोक पोखरेल

कपिलबस्तु,९ चैत्र । कपिलवस्तुको शिवराज न.पा. ९ भलुहि बस्दै आएका दिनेश थारु पनि अपाङग छन्। उनको खुट्टा सानो छोटो छ भने सजिलै संग बोल्न पनि सक्दैनन । दैवले पनि सबै थोक एउटै लाई दिएर दुख माथि दुख थपिदिएको छ ।

बावा आमाको एक्लो छोरो,दाइ भाइले कमाउलान भन्नु छैन , बावा आमा बुढा बुढि भइसक्नु भयो , घरमा रहेकि एउटि बहिनि अनि बुढा भएका बा आमा कसरि पाल्ने , कसरि पढाउने भन्दै आसुँ झार्छन दिनेश । अपाङग भएर पनि आफनो खर्च धान्न रिक्सा चलाउँछन उनी ।

आमा खुसानि थारु र बाबु सुन्तन थारुको कोखबाट वि.सं. २०५५ सालमा जन्मिएका थारु जन्मजात अपाङ्ग भने होइनन, सानो छदा खुट्टामा घाउ भै समयमै उपचार गर्न नसक्दा उक्त घाउ बिग्रिएर आफ्नो खुट्टा संगै चिउडो सानो भएकोले बोल्न र हिड्न पनि अफ्ठ्यारो हुने उनले बताए । सायद आर्थिक अवस्था राम्रो र समयमै उपचार भएको भए आज यस्तो अवस्थामा आउने थिएन होला भन्दै उनले दुखेसो पोखे । उनको देब्रे खुट्टा छोटो मसिनो र कम्जोर रहेको छ भने दाइने खुट्टा ठिक अवस्थामै रहेको छ , त्यसैगरी चिउडोमा भएको समस्याले गर्दा पनि उनि बोल्न पनि अफ्ठ्यारो र गाह्रो मान्ने गर्दछन ।
हिड्दा लठ्ठीको साहारामा हिड्ने व्यक्ति कसरि त्यत्रो सामान लोड गरि रिक्सा चलाउन सकेको होलान भनि देख्ने जति सबै अचम्ममा पर्ने गर्दछन ।

सुन्दा अचम्म लाग्ने तर यो बास्तबिक हो उनि आफु हिड्दा लट्ठिकै साहारामा हिड्छन भने रिक्सा चलाउदा देब्रे खुट्टाको हल्का आडमा दाहिने खुट्टाले आदि आदि पाईडल घुमाइ रिक्सा चलाउने गर्दछन । उनले सकि नसकि रिक्सा भरी सामान राखेर तानेको देख्दा जो कोहिको आखामा आँसु आउँछ ।

घर को आर्थिक स्थिति कमजोर हुँदा र कुनै पनि संघ संस्थाले आफुलाई सहयोग नगर्दा उनले आफ्नो पढाई विचैमा छोड्नु प¥यो । हिड्दा लठ्ठीको साहारामा हिड्ने व्यक्ति कसरि त्यत्रो सामान लोड गरि रिक्सा चलाउन सकेको होलान भनि देख्ने जति सबै अचम्ममा पर्ने गर्दछन र सुन्दा अचम्म लाग्ने तर यो बास्तबिक हो उनि आफु हिड्दा लट्ठिकै साहारामा हिड्छन भने रिक्सा चलाउदा दाहिने खुट्टाको भरमा रिक्सा चलाउछ्न ।
वास्तवमा अपाङग के हो कसरी हुन्छ र नेपालमा अपाङगहरूका लागि के कस्तो व्यवस्था गरिएको छ भन्ने कुरा नै मुख्य भएकोले यसैबारे चर्चा गर्नु सान्दर्भिक छ । हाम्रो समाज पूर्णरूपमा सामाजिक रूढिवाद र धार्मिक नीतिनियमको आधारमा चलेको छ । यसै क्रममा अपाङग हुनु वा भएका व्यक्तिहरूलाई समाजमा दोस्रो दर्जाको मानिसको रूपमा लिइन्छ , दिनेशलाई पनि आफु अपाङ्ग हुँदा धेरै समस्या झेल्नु परेको उनि बताउँछन ।
अपाङग लाई हरेक शुभ कार्यदेखि सामाजिक कार्यमा बन्देज लगाइन्छ । शारीरिक तथा मानसिक अक्षमता त्यसमाथि समाजको अत्याचारले गर्दा उनीहरूलाई अशक्त बनाइदिन्छ ।

कोही पनि मानिस अपाङग हुन चाहंदैन तर अनेक प्राकृतिक प्रकोप तथा दुर्घटनाका कारण अपाङग बन्न पुग्छ । दिनेशको पनि बाल्यकाल निकै रमाईलो थियो , तर ७ , ८ वर्षकै उमेरमा उन्लाई विरामि भयो र उपचार गर्ने पैसा नहुँदा र जति दुःख देखाएपनि कसैले सहयोग नगर्दा उनि नचाहाँदा नचाहाँदै अपाङग बन्न पुगे ।