Banner News

वेस्टइन्डिज ए माथि नेपालको जितः कप्तान पौडेलको शतक



काठमाण्डौ, १५ वैशाख । कप्तान रोहित पौडेलले शतक बनाएपछि नेपालले वेस्टइन्डिज ए माथि पहिलो टी २० मा जित हात पारेको छ । त्रिवि मैदान कीर्तिपुरमा २०५ रनको लक्ष्य पाएको नेपालले ६ विकेटको क्षतिमा १९।४ ओभरमा जित हात पार्‍यो । गुल्सन झाले नेपालका लागि विजयी चौका प्रहार गरे ।

त्यसअघि कप्तान रोहित पौडेलले ५४ बलमा ११२ रन बनाएपछि नेपाल जित नजिक पुगेको थियो । नेपालले सफलतापूर्वक २०० प्लसको लक्ष्य चेस गर्ने क्रममा रोहितको एकल प्रयास पर्याप्त भयो । उनलाई अन्य ब्याटरले राम्रो साथ दिन सकेनन् । तर, एक इन्डबाट लगातार रन बनाइरहेका उनी आउट हुँदा नेपाल जित नजिक पुगिसकेको थियो ।