शैक्षिक

सल्यान कि एक किशोरीको कपिलबस्तुबाट उद्धार, रोल्पाकी बिचौलिया पक्राउ



मो∙ इमरान खान
कपिलवस्तु,९ चैत । के आई नेपाल कपिलबस्तु र नेपाल प्रहरि कृष्णनगरको संयुक्त टोलीले एक किशोरिको उद्धार गरेको छ । सल्यान फालावाङ्ग बस्ने १५ वर्षिय सिता ९ नाम परिबर्तन लाई कुबेत पठाउने भनि भारततर्फ लिएर जादै गर्दा उद्धार गरिएको हो । वैदेशिक रोजगारिकको लागि लैजान थालेकि एक बिचौलिया महिलालाई प्रहरिले नियन्त्रणमा लिएको छ । संलग्न २ जना बिचौलीय फरार रहेका छन ।

नियन्त्रणमा लिएकी बिचौलीय रोल्पा झेनाम वार्ड नं २ बस्ने बर्ष ४० कि बादि बि क रहेकि छन । केहि महिना अगाडी उद्धार गरिएकि किशोरी दाङको बिजैरीमा मेला हेर्न गएको समयमा शोभा राई नाम बताउने महिलासंग परिचित भएकि थिईन । शोभा राई ले कुबेत पठाउने भनि बिभिन्न प्रलोभनमा पारिन र भाउजुसंग चिनजान गराई केहि दिन पछि शोभा राईले काठमाण्डौ बोलाइकि थिईन ।केहि दिन होटलमा राखि शोभा राईले एक जना ड्राइभर संग चनौटा सम्म पठाइन ।

चनौटा मा बादि बि क लिन आईन र एक दिन चनौटामा बसि भोली पल्ट बिहानै बिचौलीय बादिले बिहानै जादा प्रहरि र संस्थाले रोक्दैन छिटो जानु पर्छ भनि सिकाएको निज पिडीत किशोरिले बयान इलाका प्रहरि कार्यलय कृष्णनगरमा दिएकि छन ।बोर्डरमा बिभिन्न कुरा ढाटेर पार हुन खोज्नु १५ बर्षको किशोरिलाई भारतको दिल्ली हुदै कुबेत पठाउने योजना गलत भएको र राम्रो नियतले लान नखोजिएको के आई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिशकर्माले बताए ।

बिशकर्माले जुन तरिकाले एक अर्कामा हस्तान्त्रण गर्दै कृष्णनगर सम्म ल्याइएको छ त्यसको उदेश्य बेचबिखन नै हो भन्ने स्पष्ट देख्न सकिने बताए । गहिरिएर अनुसन्धान गर्दा र बिभिन्न कुरा ढाटछल गरेको लैजाने नियत एकदमै गलत देखिएको हुदा मानब बेचबिखन तथा ओसारपसार अन्तरगत मुद्धा चलाएको इलाका प्रहरि कार्यलयका कार्यलय प्रमुख सञ्जय रिजालले जानकारि दिनु भयो ।रिजालका अनुसार यस घटनामा अन्य २ जना प्रत्यक्ष संलग्न देखिएको र हाल फरार रहेको हुदा उक्त ब्याक्तिहरुलाई प्रहरिले खोजिरहेको बताउनु भयो ।

उद्धार गरिए कि किशोरि हाल केआई नेपाल कपिलबस्तुको संरक्षणमा रहेको र अभिभाबकको सल्लाह बमोजिम के।आई नेपालको सुरक्षित गृह चितवन पठाउने अभिभाबकको सहमति नभए अभिभाबकको जिम्मा दिने केआई नेपाल कपिलबस्तुका संयोजक केसर बिशकर्माले बताए ।