शैक्षिक

रासस प्रेस चौतारी शाखाको पुरस्कार रिमाल र पर्वतका सापकोटालाई



काठमाडौँ, १० चैत । प्रेस चौतारी नेपाल, राष्ट्रिय समाचार समिति रासस शाखाले यस वर्षको रासस शाखा सम्मान र पुरस्कार घोषणा गरेको छ ।

रासस शाखा सम्मान वरिष्ठ सम्पादक श्याम रिमाल र चौतारी रासस पत्रकारिता पुरस्कार पर्वत फलेवासका समाचारदाता लक्ष्मीप्रसाद सापकोटालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

शाखाका सल्लाहकार तथा चौतारीका केन्द्रीय सदस्य प्रकाश सिलवालको संयोजकत्वमा गठित छनोट समितिले राससमा रही दुई दशकभन्दा बढी समय पत्रकारिता क्षेत्रको विकासमा योगदान गर्नुभएका रिमाललाई सम्मान र विगत करिब एक दशकदेखि राससमा संलग्न रही समाचार लेखनमा निरन्तरता दिँदै आउनुभएका सापकोटा पुरस्कार दिने निर्णय गरेको हो ।

चौतारी रासस पत्रकारिता पुरस्कारको राशि रु पाँच हजार छ । शाखाले सम्मान र पुरस्कार यही महिनाभित्र प्रदान गर्नेछ ।

राससका तत्कालीन अध्यक्ष तथा चौतारीका पूर्वकेन्द्रीय अध्यक्ष बालकृष्ण चापागाइँले विसं २०६७ मा रु पाँच हजार प्रदान गरी स्थापना गर्नुभएको कोषमा त्यसयता नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले पुरस्कार बराबरको रकम सहयोग गर्दै आउनुभएको छ । रासस