शैक्षिक

काठमाडौँ उपत्यकामा असिनासहितको भारी वर्षा



काठमाडौँ, ११ चैत । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज साँझ असिनासहितको भारी वर्षा भएको छ ।

स्थानीय वायुको प्रभावका कारण लामो समयदेखि विकास भएको प्रणालीले बदलीसँगै असिना र वर्षा गराएको मौसमविद् समीर श्रेष्ठले राससलाई जानकारी दिए ।

उहाँका अनुसार काठमाडौँ उपत्यकाकोबानेस्वर लगाएत उत्तरतर्फको भेगमा भारी असिना वर्षात्् भएको छ । यो केही समय रोकिए पनि बदली रातभर रहनेछ । खासगरी देशका मध्य र पश्चिमी पहाडी भेगमा बदली रहने मौसमविद् श्रेष्ठको भनाइ छ ।

स्थानीय वायुको प्रभावका कारण असिनासहितको वर्षात् भएको र यो प्रणाली उत्तरबाट दक्षिणतर्फ झर्दै गरेकाले सोको असर देखिएको हो ।

आज काठमाडौँ उपत्यकाको अधिकतम २३ र न्यूनतम तापक्रम १२ डिग्रिसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस