Banner News

उपप्रधानमन्त्री निधि र थापाको कार्यवहाक विवादले मुलुक नेतृत्वविहीन



काठमाण्डौ, १२ चैत । देशका प्रधानमन्त्री चीन भ्रमणमा गएका छन् । प्रधानमन्त्रीको अनुपस्थितिमा मुलुकको नेतृत्व गर्ने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले कसैलाई पनि दिएर नगएका कारण मुलुक नेतृत्वविहीन अवस्थामा छ । उपप्रधानमन्त्री कमल थापा र अर्का उपप्रधानमन्त्री बिमलेन्द्र निधिबीचको विवादका कारण प्रधानमन्त्री दाहालले कसैलाई पनि कार्यवहाकको जिम्मेवारी नदिएरै चीन उड्ेका हुन् ।

प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारको दैनिक कामकारवाही सञ्चालनार्थ मन्त्रिपरिषका बरिष्ठ सदस्यलाई कार्यबाहक दिने परम्परा थियो । तर यो पल्ट प्रधानमन्त्रीले कसैलाई पनि कार्यबाहक नतोकी विदेश गए ।

दाहालले यसअघि युएई र भारत जाँदा कांग्रेसबाट सरकारको नेतृत्व लिएका उपप्रधान तथा गृहमन्त्री निधिलाई कार्यबाहकको जिम्मेबारी दिएका थिए । राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधान तथा स्थानीय बिकास मन्त्रीमा ल्याएपछि मन्त्रिपरिषमा मर्यादाक्रमको विवाद उत्कर्षमा पुगेको हो ।

निधिले यसअघि दुईपटक कार्यबाहक पाएको र संसदको ठूलो दलको हैशियतले आफूले नै दोस्रो मर्यादाक्रम पाउनुपर्ने दावी गर्दै आएका छन् ।उता, थापाले भने आफू निधि अघि नै उपप्रधानमन्त्री भएकाले प्रधानमन्त्री पछिको मर्यादाक्रम आफ्नो भएको जिकिर गरेका छन् ।

प्रधानमन्त्रीको अनुपस्थितमा तत्काल केही घट्ना भएर मन्त्रिपरिषद बैठक बस्नु पर्ने अवस्था आएमा के गर्ने भन्नेबारे उत्तिकै अन्यौल छ । केही दिनअघि संसद बैठकमा उपप्रधानमन्त्री थापा प्रधानमन्त्रीपछिको कुर्चीमा बसेका थिए ।

मर्यादाक्रम विवादकै कारण बालुवाटारमा प्रमुख दलको बैठकमा समेत निधि उपस्थित हुन छाडेका थिए । दाहालले चीन भ्रमणमा जाँदा उनलाई कार्यबाहक दिने आश्वसन दिए पनि विवादकै कारण निर्णयमा पुग्न सकेनन् । ‘थापालाई कार्यबाहक दिए निधिले राजीनामा दिने यस अघि नै दाहाललाई दिदै आएका थिए ।