रोचक

स्याकुङ पर्व मनाइयो



मनाङ, ६ साउन । स्वास्थ्य, दीर्घायु र एकताको कामना गर्दै मनाङमा मात्र मनाइने परम्परागत स्याकुङ पर्व सम्पन्न भएको छ । मनाङबासी गाउँबाट लगभग– ४ किलोमिटरमाथि रहेको मिलारे गुफामा एकसातासम्म पूजापाठ गरी बस्ने गर्दछन् ।
असार मसान्तदेखि साउनको पहिलो सातासम्म मनाइने सो पर्वमा मनाङबासीले आ–आफ्ना खानेकुरा र विछ्यौना लिएर गुफाको आसपासमा पाल हालेर पूजापाठ गरी बस्छन् । सातको अन्तिम दिन भने लामा गुरुबाट छेटु ९मित० लगाउने गरिन्छ । यो पर्व हेर्न आउने बाह्य तथा आन्तरिक पर्यटकले पनि ‘छेटु’ लागाउने गर्दछन् । छेटु लगाउँदा केटाकेटी ठूला साना भनिदैन ।

किम्बदन्ती अनुसार परापूर्वकालमा राजले शिकार गर्दै यस स्थानमा आइपुगेपछि ज्ञान प्राप्त भएकाले आफ्नो धनुस–काँड त्यही फालेर ध्यनमा बसेको र आफन्तसंग मित्रता बढाएकाले त्यसै बखतदेखि यो पर्व मनाइदै आएको अनुमान छ ।

यसैबेला राजले नजिकैको भिरमा फालेको धनुष अड्किएर बसेको अझै पनि देख्न सकिन्छ । मनाङ्गेहरु छेटु सकिएपछि आ–आफ्ना छेटुसँगै परिचय गरेर खानेकुरा खान्छन् र बिदा हुँदै आ¬¬आफ्ना गन्तव्यतर्फ लाग्छन् ।