Banner News

इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा बार्सिलोना रियल मड्रिडलाई ३–२ ले हराउँदै विजयी



काठमाडौ,१५ साउन । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा बार्सिलोना विजयी भएको छ । अमेरिकास्थित मायामीमा रहेको हार्ड रक रंगशालमा रियल मड्रिड र बार्सिलोनाबीच आइतबार बिहान भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनो रियल मड्रिडलाई ३–२ ले हराउँदै विजयी भएको हो ।

खेल सुरु भएको तेस्रो मिनेटमा नै स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि पेरिस सेन्ट जर्मेन ९पिएसजी० जाने तयारीमा रहेका नेइमारको पासमा इभान रेकिटिकले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए । १३ औं मिनेटमा कोभाकिकले रियल मड्रिडका लागि पहिलो गोल गरे ।

रियल मड्रिडका लागि ३५ औं मिनेटमा एसेनसिओले गोल गरेपछि पहिलो हाफमा २–२ को बराबरी भयो । तर दोस्रो हाफमा बार्सिलोनाले एक गोल थप गर्‍यो । बार्सिलोनाका लागि ४९ औं मिनेटमा नेइमारको पासमा जेराड पिकेले गोल गरे । दोस्रो हाफमा रियल मड्रिडले गोल गर्ने केही राम्रा मौका खेर फालेपछि पराजित भयो ।

अमेरीकाका भ्रमणमा रहेका दुवै टोलीले यसअघि दुई खेल खेलिसकेका छन् । बार्सिलोनाले दुवै खेलमा जीत हात पार्दा रियल एक खेलमा बराबरी र एकमा पराजित भएको थियो ।

पहिलो खेलमा इटालियन च्याम्पियन युभेन्टससँग २–१ ले बिजयी भएको बर्सिलोनाले दोस्रो खेलमा इङ्लिस् टोली म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको थियो । त्यस्तै, पहिलो खेलमा युनाइटेडसँग १–१ को बराबरी खेलेको म्याड्रिड दोस्रो खेलमा म्यानचेस्टर सिटीसँग ४–१ ले पराजित भएको थियो । एजेन्सी