राजनीति

चीनले नेपालीसँग भिसा शुल्क नलिने 



काठमाडौँ, १६ वैशाख । चीनले नेपालीसँग भिसा शुल्क नलिने भएको छ ।

सन् २०२४ मे १ (वैशाख १९)देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग चीनले भिसा शुल्क नलिने निर्णय गरेको हो । 

काठमाडौँस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशति गर्दै उक्त जानकारी दिएको हो । एक्सप्रेस फि र सर्भिस फि भने लिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

“नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवद्र्धन गर्न र  नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क लिइने छैन (एक्सप्रेस शुल्क र सर्भिस फि लिइनेछ),” सूचनामा भनिएको छ ।