Banner News

भारतमा जारी ‘शालिक युद्ध’मा गान्धीको शालिक पनि बचेन



नयाँ दिल्ली २६ फागुन । पछिल्लो केही दिनदेखि भारतीय राजनैतिक व्यक्तित्वका शालिकहरु ‘शालिक युद्ध’को चपेटामा पर्न थालेका छन् । यो शृङ्खलाको पछिल्लो शिकार माहात्मा गान्धीको शालिक पनि भएको छ ।

‘भारतको राष्ट्रपिता’ पनि भनिने गान्धीको शालिक दक्षिणी राज्य केरलामा आक्रमणमा परेको हो । केही युवाहरुले शालिकमाथि ढुङ्गा प्रहार गरेर शालिकको चस्मा फुटाइदिइएका छन् ।

यी आक्रमणको शुरुवात यो हप्ता उत्तरपुर्वी राज्य त्रिपुराको प्रदेश चुनावमा भाजपाको विजयपछि लेनिनको शालिक ढालेर शालिकको टाउको फुटबल खेलेको खबर आएपछि भएको हो । सो चुनावी परिणामले २५ वर्षीय कम्युनिष्ट शासनको अन्त्य गरेको थियो ।

त्यसपछि भाजपाका प्रतिद्वन्द्वीहरुले अरु शालिकहरुमाथि आक्रमण गर्न थाले । यसमा हिन्दु राष्ट्रवादी श्यामा प्रसाद मुखर्जी, दलित नेता अम्बेडकरको शालिकहरु आक्रमणको शिकार भए ।

यसपछि भारतभरबाट थप शालिक हमलाहरुको खबरहरु आउन थाले । गान्धीको शालिकमाथि आक्रमणमा भने राजनैतिक दलहरु एक अर्कोलाई आरोप लगाइरहेका छन् ।रातोपाटी बाट ।