मनोरञ्जन

‘ह्याप्पी डेज’को नयाँ गीत सार्वजनिक (भिडियो सहित)



बैशाख १३, काठमाडौँ । दयाहाङ राई र प्रियंका कार्कीको  फिचरिङ रहेको फिल्म ‘ह्याप्पी डेज’को  ‘सुस्त यो…’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

प्रदर्शनको दुई दिन को नयाँ गीत सार्वजनिक भएको छ । नरेश भट्टराईको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बूले संगीत भरेका छन् ।यस गीतमा तारा र दीपा लामाको स्वर सुन्न सकिन्छ । गीतको लोकेशन र खिचाई उत्कृष्ट छ । भिडियोमा प्रियंका र दयाहाङको जोडी कमालको देखिएको छ ।

मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’ लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । उक्त फिल्ममा सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको पनि अभिनय छ । सो  फिल्मको छायांकन भने लन्डन, नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो ।