विश्व

कतारले विदेशी कामदारको तलब वृद्धि गर्ने



बैशाख १८, एजेन्सी । कतार सरकारले सन् २०१८ सम्मको विदेशी कामदारलाई  न्यूनतम पारिश्रमिक वृद्धि गर्ने भएको छ ।

सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले श्रमिकमाथि गरिएको व्यवहारका कारण आलोचना भोगेपछि श्रम नीतिमा परिमार्जन गर्ने तयारी गरेको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठनका महासचिव सरण बुरोजले कतारी श्रममन्त्रीसँगको कुरामा – यसै वर्षको अन्त्यसम्ममा विदेशी कामदारका लागि तोकिएको न्यूनतम तलब बृद्धि गर्ने हामीले संकेत पाएका छौं, यो खुसीको खबर हो ।’

कतारले न्यूनतम तलब, बस्ने सुविधा, बैंक खातामै कामदारको तलब दिनुपर्ने र काफाला सिस्टमको भिषा नीति परिवर्तन गर्ने प्रतिबद्धता जनाएको थियो ।