मनोरञ्जन

‘गोपी’मा खगेन्द्र शिर्ष भूमिकामा



बैशाख १९, काठमाडौँ । दीपेन्द्र लामाको  निर्देशन  रहेको चलचित्र ‘गोपी’मा  नायक खगेन्द्र लामिछानेलाई शिर्ष भूमिकामा घोषणा गरिएको छ ।

चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन भदौ १ गतेबाट सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ । आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको दीपेन्द्रले लामो समय रंग पत्रकारितामा अनुभव संगालेका छन् । उनले, चलचित्र ‘नालापानी’को कथा लेखे आरोही केसी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् ।

सामिप्यराज तिमिल्सिनाको पटकथा, दीपेन्द्र लामाकै कथा रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायांकन रहेनछ ।