विश्व

इरानमा गयो भुकम्प : ८४ जना घाइते



बैशाख २०, एजेन्सी । इरानको पश्चिमी कोहगील र बोयेराहमाद प्रान्तमा ५.२ म्याग्नीच्युड भुकम्पमा परी ८४ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार बुधबार बिहान १०:३८ मा आएको भूकम्पका कारण स्थानीय मानिसहरु त्रसित अवस्थामा रहेका इजना समाचार संस्थाले समाचार संप्रेषण गरेको छ ।

यस भूकम्पको केन्द्रबिन्दु भूकम्प प्रभावित क्षेत्रको नै आपपासमा आठ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

भूकम्पका कारण सञ्चार सेवा र विद्युत् सेवा अवरुद्ध भएका छन् । त्यसैगरी केही सडकहरुमा पनि अवरोध भएका जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रहरुमा उद्धार तथा राहतका लागि ठूलो संख्यामा स्वयमसेवकहरु पठाइएको छ ।

इरानको यही क्षेत्रमा सन् २०१७ को नोभेम्बरमा गएको ७।३ म्याग्नीच्युडको भूकम्पका कारण कम्तीमा ५३० जनाको मृत्यु हुनुको साथै आठ हजार घाइते भएका थिए ।