मनोरञ्जन

फिल्म ‘बाबु कान्छा’को रिलिज घोषणा



बैशाख २०, काठमाडौँ । शोभित बस्नेतले निर्देशन गरेको फिल्म ‘बाबु कान्छा’ को अफिसियल रिलिज घोषणा गरिएको छ ।

यस फिल्मलाई असार २९ गतेबाट प्रदर्शनमा ल्याउने भएको छ ।  यसअघि यो फिल्मको रिलिज डेट गएको वर्षको मंसिर १५ गतेलाई तोकिएको थियो । निर्देशक बस्नेतको कथा र निर्माण समेत रहेको यसमा सलोनको जोडीको रुपमा करिश्मा श्रेष्ठ देखिएकी छिन् ।

उक्त फिल्ममा गौतम राज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, शोभित बस्नेत, रामजी लामिछाने र दीपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन छ ।

 सो फिल्ममा सलोन र करिश्माको अलवा ऋतिक शाही, सरोज खनाल, राजाराम पौडेल, निर शाह, सम्राटा थापाको मुख्य भूमिका छ ।