मनोरञ्जन

फिल्म ‘लम्फू’को नया गीत रिलिज (भिडियो सहित)



बैशाख २०, काठमाडौँ । गोपालचन्द्र लामिछानेको निर्दशनमा रहेको फिल्म ‘लम्फू’ को नयाँ गीत सार्वजनिक भएको छ ।

बैशाख, २८ गतेबाट देशैभर प्रदर्शनहुने फिल्मको  प्रमोद खरेलको स्वरमा रहेको ‘तिमीलाई भुलेर’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा युवराज सापकोटाका शब्द रहेका छन् ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा दुई लिड कलाकार कबिर खड्का र मरिष्का पोखरेल फिचरिङ छन् ।

‘लम्फू’ मा चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको पनि अभिनय रहेको छ ।

सो फिल्ममा ‘तरकारीवाली’ को नामले प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ