विश्व

१०४ वर्षे डेभिड बैज्ञानिक घर छाडे



वैशाख २०, एजेन्सी । अष्ट्रेलियाका प्रख्यात पर्यावरण सम्बन्धी वैज्ञानिक डेभिड गुडअल बटनीले १०४ वर्षे बुधबार घर छाडेका हुन् ।

उनको स्वास्थ्यमा कुनै ठूलो समस्या छैन । तर उनी आफ्नो जीवनको सम्मानजक अन्त चाहान्छन् । उनी भन्छन् उनको स्वतन्त्रता खोसिँदैछ, त्यसैले यस्तो निर्णय लिइएको हो ।

गत महिना उनले आफ्नो १०४ औं जन्मदिनको अवसरमा अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनसँग भनेका थिए, ‘मलाई यो उमेरमा पुगेको पछुतो छ । म खुसी छैन । म मर्न चाहान्छु । वास्तवमा यसबाट दुःखी हुनुपर्ने त छैन तर यसलाई टार्न सकिने भए राम्रो हुन्थ्यो ।’

लामो बहस र विवादपछि गत वर्ष अष्ट्रेलियाको एक राज्यमा स्वेच्छिक मृत्युलाई कानुनी मान्यता दिइएको थियो । तर, स्वेच्छिक मृत्यु त्यो व्यक्तिले मात्र रोज्न पाउँछ जो गम्भीर बिरामी छ ।

डा. गुडअलका अनुसार उनी स्वेच्छिक रुपमा आफ्नो जीवन अन्त्य गर्नका लागि स्विटजरल्याण्डको एक क्लिनिकमा जानेछन् । त्यसैले उनले अस्ट्रेलिया छाड्ने निर्णयमा पुगे ।