मनोरञ्जन

फिल्म ‘हिरो रिटर्न्स’को गीत रिलिज (भिडियो सहित )



बैशाख २०, काठमाडौँ । आशिष भेटवालको निर्देशनमा रहेको फिल्म ‘हिरो रिटर्न्स’को गित सार्वजनिक भएको छ ।

टंक बुढाथोकीको शब्द तथा संगीतमा तयार भएको गीतमा स्वर टंकसँगै मनिषा पोखरेलको छ । गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

बैशाख २८ गतेलाई प्रदर्शन मिति तय गरिएको सविन श्रेष्ठ र रेखा थापा मुख्य भूमिका रहेको छ  । गीतमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री आँचल शर्मा फिचर छन् ।

उक्त फिल्मम सविन श्रेष्ठ,  रेखा थापा, सरोज खनाल, सुलेमान शंकर (इकु), सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण थापा, लक्ष्मी गिरी लगायतको अभिनयमा छन् ।

 भिडियो