मनोरञ्जन

आलियाको फिल्म ‘राजी’ को चर्चा १ सय ७५ पटक लुगा फेरिन



बैशाख २२, एजेन्सी । बलिउड नायिका आलिया भट्ट फिल्म ‘राजी’ लाई लिएर चर्चामा छिन् ।

यो फिल्ममा उनले एउटा जासूसको भूमिका निभाएकी छिन् । सो फिल्मको ‘मुड के न देख दिलबरोँ’ बोलको यो गीत रिलिज भैसकेको छ । यो गीतको सुटिङका क्रममा आलियाले एक सय ७५ पटकभन्दा बढि बिदाईको पहिरन फेरेकी थिइन ।

राजीको दिलबरो गीतले फिल्मको कथामा ठूलो महत्व राख्छ । यो कथा एउटा कश्मिरी केटीको हो, जसको बाबुले देशको सुरक्षाका लागि उनलाई पाकिस्तानमा पठाउँछ । उक्त फिल्म ११ मेमा रिलिज हुँदैछ ।