रोचक

बाघको विवाह हेर्न मानिसको भीड



बैशाख ३०, एजेन्सी ।  भारतको दिल्लीस्थित चिडियाखानामा एक बंगाल टाइगर र ह्वाइट टाइगरको विवाह गरिएको छ ।

इन्डियन एक्सप्रेसमा छापिएको एक रिपोर्ट अनुसार बाघ हेर्न चिडियाखाना पुगेकालाई जब उनीहरुको विवाह हुँदैछ भन्ने जानकारी भयो तब त्यहाँ मानिसहरुको भीड नै जम्मा भयो ।

करण नाम राखिएको भाले (रोयल बंगाल टाइगर) को उमेर पाँच वर्ष हो ।  पोथी ह्वाइट टाइगरको उमेर भने तीन वर्ष हो । सन् २०१५ मा जन्मिएकाले यसको नाम निर्भया राखिएको थियो । निर्भयाको जन्म विजय (जसलाई सन् २०१४ मा एक व्यक्तिले मारेका थिए) र कल्पनाबाट भएको थियो ।

यसअघि सन् १९९१ मा रोगल बंगाल टाइगर सुन्दर र ह्वाइट टाइगर शान्तीको विवाह गराइएको थियो ।