विश्व

नासाले मंगल ग्रहमा हेलिकप्टर पठाउने



बैशाख ३१, एजेन्सी । अमेरिकी अन्तरीक्ष संस्था नासाले मंगल ग्रहमा हेलिकप्टरपठाउने भएको छ ।

सन् २०२० मा नासाले प्रक्षेपण गर्ने मार्स हेलिकप्टर मंगल ग्रहको सतहमा अवतरण गरेसँगै त्यहाँ रहेको नासाको मार्स रोभरसँग संयोजन हुनेछ ।

डिजाइन टिमले यस हेलिकप्टरको डिजाइन ४ वर्षदेखि मेहेनत गरिरहेका छन् । जसको तौल १८ सय ग्राम रहेको छ ।

यो मंगल ग्रहको वायुमण्डलमा उडान भर्नसक्ने गरी डिजाइन गरिएको छ, जहाँको वायुमण्डल पृथ्वीको भन्दा १ सय गुणा पातलो छ ।