रोचक

८१ बर्षीया हेरिसनले बचाए २४ लाख बच्चाको ज्यान



जेठ १, एजेन्सी । अष्ट्रेलियाका ८१ बर्षीया जेम्स हेरिसनले २४ लाख बच्चाको ज्यान बचाएका छन् ।

उनले रक्तदान गरेर २४ लाख बच्चाको ज्यान कसरी जोगाएका छन् । उनको रगतमा यस्तो विशेष तत्व छ कि जुन प्रायः मानिसमा पाइँदैन । पछिल्लो ६० वर्षमा उनले ११७३ पटक रक्तदान गरेका छन् । आफ्नो जीवनमा उनले अहिलेसम्म १२ सय पटक रक्तदान गरे ।

जेम्सको रगतमा पाइने एन्टीबडीलाई एन्टी डी भनिन्छ । यो एन्टीबडीले गर्भमा बढिरहेको बच्चालाई ब्रेन ड्यामेज तथा अन्य विभिन्न घातक रोगसँग लड्ने शक्ति प्रदान गर्दछ । त्यसैले त्यस्तो रोगको जोखिममा रहेका गर्भावस्थाका बच्चाहरुका लागि उनले रक्तदानबाट उपचार हुने गरेको छ । जसका कारण त्यस्तो रोगबाट मर्ने जोखिममा रहेका लाखौँ बालबालिकाको ज्यान जोगिएको छ ।