मनोरञ्जन

रेस थ्रीको ट्रेलर रिलिज (ट्रेलर सहित)



जेठ २, एजेन्सी । सलमान खानको स्टारर फिल्म ‘रेस थ्री’ को ट्रेलर रिलिज भएको छ ।

ट्रेलर रिलिज  कार्यक्रम जुहुमा आयोजना गरिएको थियो । कार्यक्रममा फिल्मका सलमान खान, बबी देओल, ज्याकलिन फर्नान्डेज, डेजी शाह, अनिल कपूर र फ्रेडी दारुवाला  आदिको  उपस्थित रहेको थियो ।

कार्यक्रममा ज्याकलिन फर्नान्डिसले सलमानको तारिफ गर्दै भनिन्, ‘म सलमान खानप्रति निकै ऋणी छु । किक मेरो करियरको टर्निङ पोइन्ट साबित भएको थियो ।’

फिल्मबारे कुरा गर्दै सलमानले भने, ‘समयको कमीका कारण रेस र रेस टु हेर्न पाएको छैन तर यो राम्रै रह्यो । रेस थ्रीमा मैले आफ्नो इनपुट हालेको छु ।’

रेस थ्री यसै वर्ष इदमा रिलिज हुनेछ । फिल्मलाई रेमो डिसुजाले निर्देशन गरेका छन् ।

ट्रेलर