रोचक

उल्टो घडी चल्ने गाउँ



जेठ १०, एजेन्सी । भारतको छत्तिसगढस्थित एक आदिवासी गाउँमा उल्टो घडी चलाइने गर्दछ ।

त्यो गाउँमा हिजोआजबाट मात्र घडी उल्टो चल्न थालेको होइन । जुन समयदेखि घडीको प्रचलन सुरु भयो, त्यहीँ बेलादेखि उल्टो दिशामा चल्ने घडी प्रयोग गरिँदै आएको छ ।

उनीहरका अनुसार उनीहरुको घडी पृथ्वीको घुमाइ अनुसार चल्दछ । पृथ्वी पनि दायाँबाट बायाँ चल्ने र सूर्य तथा चन्द्रमाले पनि सोही दिशामा अन्तरीक्षको परिक्रमा गर्नुका साथै रुखमा चढ्ने लहरा पनि दायाँबाट बायाँ दिशामै अघि बढ्ने भएको हुँदा आफुहरुको घडी पनि सोही अनुसारको रहेको दाबी उनीहरुको छ । त्यसैले दुनियाँका अरु सबै घडीहरु उल्टो रहेका र आफूहरुको घडीमात्र सुल्टो रहेको दाबी गाउँलेहरुले गर्ने गरेका छन् ।