विश्व

ट्वीटर ब्लक नगर्न ट्रम्पलाई न्यायाधीशको आदेश



(जेठ १०, एजेन्सी) अदालतका न्यायाधीश नामी राइस बुचवाल्डले राष्ट्रपति ट्रम्पलाई ट्वीटर प्रयोगकर्तालाई ब्लक नगर्न आदेश दिएका हुन् ।

ट्रम्पले सात ट्वीटर प्रयोगकर्तालाई ब्लक गरेका थिए । उनीहरुकातर्फबाट दी नाइट फस्ट अमेन्डमेन्ट इन्स्टिच्यूटले मुद्दा दर्ता गराएको थियो । न्यायाधीश नामीले ट्रम्पको एकाउन्टलाई ब्लक गर्ने पहुँच दिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको उल्लंघन हुने तर्क गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।