विश्व

च्याम्पियन्स लिगको उपाधिका लागि म्याड्रिड र लिभरपुल भिड्दै



जेष्ठ १२, एजेन्सी । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि स्पेनिस रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुल खेल्दैछन् ।

खेल युक्रेनको किभस्थित ओलम्पिक रंगशालामा नेपाली समय अनुसार मध्यराति साढे १२ बजे शुरु हुनेछ । १२ पटक च्याम्पियन्स लिग जितिसकेको रियल मड्रिड पाँच वर्षमा चौथो उपाधि जित्ने लक्ष्यमा छ भने लिभरपुल सन् २०१२ पछि पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

च्याम्पियन्स लिगमा लिभरपुल र रियल मड्रिड अहिलेसम्म पाँचपटक खेलेका छन् । जसमा तीन खेल लिभरपुलले जितेको छ भने दुई खेलमा रियलमड्रिड विजयी भएको छ ।