विश्व

म्यान्मारमा आँधीका कारण पाँचको मृत्यु, १४ हजार घरमा क्षति



जेष्ठ १७, एजेन्सी । म्यान्मारमा आएको शक्तिशाली आँधीका कारण दुई दिनमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा बढी घरमा क्षति पुगेको छ ।

मौसमविद्का अनुसार हावाको गति प्रति घण्टा ४५ देखि ६० माइलका दरले आएको थियो । विषेशगरी कायिन, माग्वे, याङगुन, मोन, नाय प्यी तावा, बागो, सागाइङ क्षेत्र, शान र रखाइन राज्यमा तीव्रगतिको आँधीसँगै भारी बर्षा पनि भएर धनजनको क्षति भएको छ ।

घरबार बिहीन भएका पिडितहरूलाई अस्थायी टहरा बनाएर राखिएको छ भने राहत सामग्रीहरु पनि पु¥याइएको छ ।