मनोरञ्जन

फिल्म ड्रीम गर्लको गीत रिलिज ‘तिम्रो मायामा’



जेठ २४, काठमाडौँ । ऋषिराज आचार्यको निर्देशनमा रहेको फिल्म ड्रिम गर्लको ‘तिम्रो मायामा’ गीतको गित रिलिज भएको छ ।

अञ्जु पन्त तथा सुरेश लामाको स्वरमा रहेको गीतमा आकाश श्रेष्ठ र आष्मा गिरीको अभिनय रहेको छ ।

 संगीत संयोजन अर्जुन पोख्रेलले गर्नुभएको छ भने शब्द अम्बिका शर्माको रहेको छ । आर बी मुभिजको प्रस्तुति रहेको चलचित्र ड्रिम गर्ललाई अर्जुन शर्मा, ऋषि आचार्य र रामेश्वर धितालले  निर्माण गरेका छन् ।

 उक्त फिल्ममा विल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, शिशिर भण्डारी, शुरवीर पण्डित लगायतका  भूमिका रहेको छ । चलचित्र असोज १९ गते रिलिज हुने भएको छ ।

भिडियो