मनोरञ्जन

आज शुक्रबार वुद्दिको दुई फिल्म हलमा



जेठ २५, काठमाडौँ । आज शुक्रबार हलमा वुद्दि तामाङ स्टारर २ फिल्म एकैसाथ ‘चङ्गा’ र ‘मट्टिमाला’ रिलिज भएको छ ।

दुवै फिल्मको लिड रोलको भूमिकामा रहेको तामाङलाई दर्शकले पर्दामा उनको कमेडी पाटो औधि रुचाउने गर्दछन् ।

उनी अभिनीत फिल्म ‘चङ्गा’ लाई हास्यकलाकार किशोर भण्डारी ले निर्देशन गरेका हुन् । फिल्ममा वुद्दिका अलावा अंकित खड्का, लक्ष्मी वर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्म ‘मट्टिमाला’लाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।यसमा वुद्दिका अलावा रजनी गुरुङ (मङ्गली), चिरन राई, पृथ्वि राईलगायतका कलाकारहरुको अभिनय छ ।