विश्व

चीनले संवेदनशील तथ्याङ्क चोरेको अमेरिका जाँच व्युरोको दावी



जेष्ठ २६, एजेन्सी । चीन सरकारले अमेरिकी सेनासँग सम्बन्धित नौसेनाको ठेकेदारबाट अति संवेदनशील तथ्यांक ह्याक गरेको अमेरिकी संघीय जाँच ब्युरोले आरोप लगाएको छ ।

गत जनवरी र फेब्रुअरीमा तथ्यांक माथि आक्रमण भएको अमेरिकी सञ्चारसंस्था सीबीएस न्युजले उल्लेख गरेको छ । आवाजको गतिमा उड्ने सुपरसोनिक मिशाईल परियोजनाको जहाज सम्बन्धी सुचना चोरी गरेको जाँच व्युरोले दावी गरेको हो ।

कम्पनीको तथ्यांक चोरी गरी अमेरिकी सेनाको पनडुब्बी र पानीमुनि प्रयोग गरिने हतियारको अनुसन्धान र विकासमा भएको अध्ययनको तथ्यांक संकलन गरेको आरोप लगाईएको छ । रोड आईल्याण्डको न्युपोर्टमा रहेको सैन्य क्याम्पको सुचना चोरी भएको अमेरिकी अधिकारीको दाबी छ । चीनले बनाएको सी ड्रयागन नाम दिईएको पनडुब्बिका लागी अधययन भैरहेको थियो ।