मनोरञ्जन

गायक राईको ‘आइतबार’ बोलको गीत रिलिज (भिडियो सहित)



जेठ २८, काठमाडौँ ।  गायक राजेश राईको आइतबार बोलको  नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ  ।

यस गीतलाई सुरेश अधिकारिले संगीत भरेका छन । भोला श्रेष्ठको उत्कृष्ट शब्द रहेको गीतमा प्रेमिले आफ्नो प्रेमिकालाई हप्ता हप्ता दिन सम्म कुर्दा खेरी हुने सारिरिक तथा मानसिक अवस्थालाई समेटेका छन् । यस गीतमा विनय केटुको संगीत सम्योजन रहेको छ ।

यस गीतको म्युजिक भिडियोमा भिमफेदी गाईजले अभिनय गरेका छन् । सधैं फास्ट विटको गीतमा देखिने भिमफेदी गाईजले यस भिडियो मार्फत दर्शकलाई केही फरक स्वाद दिन खोजेका छन । भिडियोमा निर्मल लामा र जेनिलिया श्रेष्ठको निकै उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

ज्ञानेन्द्र शर्माले निर्देशन गरेको गीतलाई पवन सुस्लिङ (द मोन्टेजले सम्पादन गरेका छन् । गायक राईको तोडियो, अर्खौले बजार , ए कान्छी जस्ता निकै उत्कृष्ट  गीतले दर्शकको मन जित्न सफल  भएका छन् ।

भिडियो