रोचक

झ्याल नभएको हवाईजहाज



जेठ २८, एजेन्सी । दुबईको इमिरेट्स एइरलाइन्सले अब झ्याल नभएको जहाज बनाउने भएको छ ।

इमिरेट्स एयरलाइन्सका प्रमुख सर टिम क्लार्कका अनुसार आउँदा वर्षहरुमा झ्याल नभएका जहाजको कुरा यथार्थमा परिणत हुनेवाला छ ।इमिरेट्स एयरलाइन्सको बोइंग ७७७–३०० इआर जहाजको फस्र्ट क्लास क्याबिनमा यो सुविधा सुरु गरिसकिएको छ र छिटै जहाजका हरेक खण्डमा लागू गरिनेछ ।

वास्तवमा विमानमा वास्तविक झ्यालको साटो भर्चुअल झ्यालहरु हुनेछन् ।