मनोरञ्जन

फिल्म ‘भारत’मा प्रियंकाको कति पारिश्रमिक ?



असार १, एजेन्सी। सलमानको फिल्म ‘भारत’ बाट अभिनेत्री प्रियंका चोपडाले १२ करोड रुपैयाँ पारिश्रमिक लिएकी छिन् ।

भन्दा धेरै पारिश्रमिक लिएर अभिनेत्री दीपिका पादुकोण बलिउडकी सबैभन्दा महंगी अभिनेत्री बनेकी थिइन् । दीपिकाको उक्त रेकर्डलाई अहिले अभिनेत्री प्रियंका चोपडाले पछ्याएकी  छिन् ।

फिल्म ‘भारत’ मार्फत प्रियंकाले धेरै पारिश्रमिक लिएर दीपिका पछि धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छिन् ।  फिल्मका लागि उनले १४ करोडको माग गरेकी थिइन् । तर फिल्म निर्माताहरुबीचको छलफल पछि उनी १२ करोडमा काम गर्न राजी भएकी हुन् । यस अघि अभिनेत्री दीपिका पादुकोणले फिल्म ‘पद्मावत’बाट १२ करोड रुपैयाँ लिएकी थिइन् ।