रोचक

आमाकोअन्तिम संस्कार गर्दा छोराको मृत्यु



असार ५, एजेन्सी ।  इन्डोनेसियामा आमाको अन्तिम संस्कार गरिरहेका बेला कफिनले किचेर छोराको मृत्यु भएको छ ।

पुलिस चिफ कमिश्नर जुलियान्टो सिरेटका अनुसार ४० वर्षीय सामेन आफ्नो आमा बेर्टाको अन्तिम संस्कार गर्ने तयारीमा जुटेका थिए । यसका लागि कफिनलाई अग्लो टावरमा लगिँदै थियो । तर त्यति नै बेला टावरमा पुर्याउनका लागि राखिएको भर्याङ चिप्लियो र ढल्यो जसका कारण कफिन खस्यो र पीडितलाई लाग्यो ।’

सोसल मिडियामा सार्वजनिक भएका भिडियोमा देखिए अनुसार टावरभित्र पुग्नै लाग्दा कफिन खसेको थियो । जसका कारण माथिसम्म पुगेका मानिसहरु थुप्रै मिटर तल रहेको जमिनमा खसे । कफिनले पीडितलाई किचेको कोन्डोरुराको अस्पतालमा मृत्यु भयो ।