रोचक

कुरुप कुकुर, जित्यो १५ सय डलर



असार १४, एजेन्सी । अमेरिकाको सनफ्रान्सिस्कोमा आयोजित कुरुप कुकुर प्रतियोगितामा इंगलिस बुलडग जातको यो ९ वर्षको जासा नामक कुकुर विश्वकै कुरुप कुकुरको  उपाधि  जितेको छ ।

प्रतियोगितामा एक से एक विद्रुप स्वरुप भएका कुकुरहरु भिडेका थिए । कसैका भुत्ला खुइलिएको शरीर थियो त कसैको लमतन्ने झुण्डिएको जिब्रो । आफ्ना विद्रुप कुकुर डोराउँदै मालिक-मालिक्नीहरु रेड कार्पेटमा हिँडे । निर्णायक मण्डलले कुकुरको कुरुपपनाको मूल्यांकन गरी सबैभन्दा कुरुप कुकुर छनोट गरेका थिए ।

जासाले कुरुप कुकुरसम्बन्धी विभिन्न प्रतियोगितामा ७ पटकसम्म उपाधि जितिसकेको छ ।