मनोरञ्जन

फ्राइडे रिलिज : ‘भैरे’सगै हलमा तीन फिल्म



साउन ४, काठमाडौँ ।  फ्राइडे रिजिल अन्तर्गत तीन चलचित्र ‘भैरे’, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ एकसाथ प्रदर्शन भएको  छ  ।

 ‘भैरे
एभरेष्ट सुर्य बोहरा निर्देशित चलचित्र ‘भैरे’को निर्माता प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी हुन् । फिल्म ‘भैरे’मा दयाहाङ राई, विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय देरहेको छ  ।

 ‘पण्डित बाजेको लौरी
दीपक ओलीको निर्देशन रहेको फिल्ममा सन्ध्या केसी, विजय बराल, भोलाजराज सापकोटा, प्रमोद अग्रहरी, कुलदीप अधिकारी, अनुपमा भण्डारी, लोकेन्द्र लेखक लगायत कलाकारको  अभिनय रहेको छ ।

चक्कर
अनुष्क रौनियार निर्देशित चलचित्र ‘चक्कर’ सेक्स र क्राइमको मिश्रित चलचित्र हो । अर्पण थापा, ऋचा शर्मा, एभोनराज उप्रेती, सृजना सुब्बा र स्मृति पोखरेलको अभिनय रहेको छ ।