मनोरञ्जन

फिल्म बोबी : दर्शको क्रेज बढ्दै, दोश्रो सातामा पनि हल हाउसफुल



 साउन ८, काठमाडौँ ।  निर्देशक तथा निर्माता मिलन चाम्सद्वारा निर्मित फिल्म ‘बोबि’ले दर्शकको साथ ,माया पाउन सफल भएको छ ।

प्रदर्शनको दोश्रो सातामा आइपुग्दासम्म देशका मुख्य शहरमा ‘बोबी’ हेर्ने दर्शकको क्रेज अझै बढ्दै  गैरहेको छ । रियल जोडीको कथामा बनेको फिल्म ‘बोबी’ ले फिल्म हलमा  दर्शक तान्न सफल भएको छ ।

फिल्म ‘बोबी’ राजधानी सहित चितवन, पोखरा, धरान, इटहरी र दमकमा दर्शकको राम्रो साथ मिलिरहेको छ । नायक उमेश थापाल र नायीका कविता गुरुङले आफ्नो जीवनमा भोगेका वास्तविक घटनालाई चलचित्रको माध्यमबाट छर्लङ्ग वनाइएको छ । जीवन एउटा संघर्ष हो जसवाट कोही मानिस आत्तीनु पनि हुँदैन र मात्तीनु पनि हुँदैन भन्ने कुरालाई कथाले उजागर गरेको छ । विश्वमा धनी र गरिव विचको जुन खाडल छ त्यसले मानिसमा कस्तो प्रभाव पारेको हुन्छ ? जसले प्रत्यक्ष जीवन जिउनमा कस्तो भुमिका खेल्नुपर्ने वाध्यता हुन्छ ? जसवाट मानव जीवनमा आई पर्ने दुःख सुखको जिन्दगीलाई सन्देशमुलक रुपमा उजागर गरिएको छ ।

धनी र गरिव विचमा भएको खाडलको प्रष्ट रुपमा उजागर भएको छ, जसमा नायीकाले गरिव परिवारमा विवाह गर्दा भोगेका समस्या तथा अन्र्तजातीय विवाहका कारण भईपरि आउने समस्याका वारेमा उल्लेख गरिएको छ । समसामयीक तथा व्यवहारिक जीवनमा आई पर्ने कथावस्तुमा आधारीत यो चलचित्रले आम नेपाल र नेपालीमा मात्र नभई विश्वका सवै नागरिकलाई जीवन जीउन तथा संघर्षका जीवन जिउनको निम्ती एउटा सन्देश जसले जीवन जिउनको निम्ती प्रेरणादायी हुने देखिन्छ ।

नायक उमेश थापा  नायीका कविता गुरुङको वास्तविक प्रेम कथामा बनेको फिल्म ‘बोबी’मा उनीहरुकै अभिनय छ रहेको ले पनि दर्शकले मन पराएका छन् । नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्र “बोबि” मा नायीका कविता गुरुङ, नायक उमेश थापा, क्याप्टेन तथा कलाकार विजय लामा, रुवी राणा शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

उक्त फिल्म  फ्रान्स, युके, सिंगापुर, युएसए, हङकङ लगायत देशमा  बिक्रि भैसकेको निर्देशक चाम्सले बताएका छन्  ।