मनोरञ्जन

‘नाईं नभन्नू ल ५’ को गीत रिलिज (भिडियो सहित)



साउन ८, काठमाडौँ । विकासराज आचार्यको निर्देशनमा रहेको फिल्म  ‘नाईं नभन्नू ल ५’ को ‘तिम्रो आँखामा आँखा जुधाई…’ बोलको गीत सार्वजनिक भएको छ ।

मेलिना राईले स्वर रहेको गीतमा  दिनेश थपलियाको शब्द तथा बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ । इमालका रमणीय स्थानहरुमा खिचिएको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र नव-नायक अभिषेक नेपाल फिचर्ड छन् ।

 फिल्ममा निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।

भिडियो 

 

भदौ ८ गते रिलिज हुने फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् ।