रोचक

चीनमा विश्वकै ठूलो आकारको लामखुट्टे



असोज ८, एजेन्सी । चीनमा विश्वकै सबैभन्दा ठूलो आकारको लामखुट्टे फेला परेको छ ।

सिचुआन प्रान्तका जिव वैज्ञानिकहरुले यो भिमकाय लामखुट्टेको खोजी गरेका हुन् । उनीहरुले खोजि गर्ने क्रममा पखेटा फैलाउँदा  ११।१५ सेन्टिमिटर हुने लामखुट्टे  फेला परेका छन ।

यो लामखुट्टे मानिसको रगत चुस्दैन । फलफूलको रस आदि यसको आहारा हो । यो लामखुट्टे हालोरुसिया मिकादो प्रजातिको हो । अगष्टमा चीनमा पहिलोपटक यो प्रजातिको सबैभन्दा ठूलो लामखुट्टे फेला परेको हो ।