रोचक

दुनियाँकै महंगो स्याण्डिल, मूल्य २ अर्ब रुपैयाँ



असोज १२, एजेंसी । युएइको दुबई सहरमा झण्डै २ अर्ब रुपैयाँ पर्ने दुनियाकै महंगो स्याण्डिल बनेको छ ।

यो स्याण्डिलको मूल्य १ करोड ७० लाख डलर छ । बहुमूल्य हिरा र सक्कली सुनबाट बनेको यो एकजोर स्याण्डिल बुधबार सार्वजनिक गरिएको छ ।

यतिधेरै महंगो भएपछि यो चिज बनाउन पनि कम्ता मेहेनत लागेन होला । यो स्याण्डिलको डिजाइन गर्ने तथा बनाउने कामका लागि पूरै ९ महिना लागेको थियो । यो स्याण्डिलमा सयौँ हिराका टुक्रासँगै हरेकमा दुईवटा पन्ध्र क्यारेटका बहुमूल्य डी फ्ल लेस हिराको टुक्रा प्रयोग गरिएको छ ।

स्मरण रहोस् विश्वमा यसअघि डेब्बी विंघम हाई हिल्स सबैभन्दा महंगो जुत्ताको रुपमा रहेको थियो । जसको मूल्य १ करोड ५१ लख डलर थियो ।