रोचक

जिम्मीले पानी पिएर १० हजार डलर टिप्स दिए



कार्तिक ९, एजेन्सी । चर्चित युट्युब ब्लगर जिम्मी डोनाल्डसनले एक रेष्टुरेन्टमा वेट्रेसलाई १० हजार डलर टिप्स दिएको छ ।

गत शनिबार उनले अमेरिकाको नर्थ क्यारोलिनास्थित ग्रिनभिल्लेमा रहेको सुप डग्स रेष्टुरेन्टमा एलेना क्लस्टरलाई उक्त  टिप्स दिएका हुन ।

 उनले रेष्टुरेन्टमाभित्र छिरेर केहीबेर कुर्सीमा बसे र दुई बोतल पानी मगाए । अनि टेबुलमा १० हजार डलर राखिदिएर उनी निस्किए ।

सुरुमा जिम्मीलाई कसैले चिनेन तर जब १० हजार डलर टिप्स छाड्ने ग्राहकको पहिचानको खोजी भयो तब उनी चर्चित युट्युबर जिम्मी भएको खुलासा भयो ।

 वेट्रेस एलेनाले त्यो  टिप्स पाएपछि एलेनाले भनेकी छिन्– दुनियाँमा मानवियता अझै ज्यूँदै रहेछ ।