विश्व

काबुलमा आत्मघाती आक्रमण हुदा ५० जनाको मृत्यु



काठमाडौं, ५ मंसिर । अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम आक्रमणबाट ५० जनाको मृत्यु भएको छन भने ६० जना घाइते भएका छन्

स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरुहका अनुसार पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आयोजित समारोहमा आक्रमण भएको जनाइएको छ ।

एक आत्मघाती आक्रमणकारी सो समारोहमा प्रवेश गरेर आफूले बोकेको बम विष्फोट गराएका थिए । आक्रमणको जिम्मा अहिलेसम्म कुनै समुहले नलिएपनि तालिवान अथवा आइएस लडाकुले यस आक्रमण गराएको हुनसक्ने आशंका गरिएको छ ।