Banner News

नेकपाका वरिष्ठ नेता नेपाल आज दिउँसो स्वदेश फिर्ता



काठमाडौं, ५ मंसिर ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल आज दिउँसो स्वदेश फर्किएका छन्।

कात्तिक २९ गते बेलायत गएका वरिष्ठ नेता नेपाल पार्टीको कामसँगै गैरनेपाली आवासीय सङ्घ, ब्रिटिश गोरखा सैनिक र यति नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका जनाइएको छ ।