Banner News

द्वन्द्वपीडितको पीडा विगतको अवस्था भन्दा घटेको छ : अध्यक्ष प्रचण्ड



चितवन, ५ मंसिर ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताएका छन।

बुधबार चितवनमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बोल्दै प्रचण्ड द्वन्द्वपीडितको अवस्था, पीडा  विगतको भन्दा घटेको बताए ।

उनले भने ‘द्वन्द्व पीडितको पीडा उस्ताको उस्तै चाहिँ छैन । पहिलाको भन्दा त धेरै घटेको छ । तै पनि अहिले अब हामी राजनीतिक तह र कानूनी तहमा पनि गम्भीर रुपले गृहकार्य गरिराखेका छौँ ।’

शान्ति प्रक्रियाका बाँकी काम र पीडितलाई परिपूरणका कुरा या सत्य निरुपण र बेपत्ताका विषय आउने जेठ असारसम्म पूरै टुङ्ग्याउने किसिमले काम भइरहेको बताएका छन ।