समाचार

चट्याङ लागेर एक जनाको मृत्यु



पर्वत, ३ बैशाख । पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

सोमबार साँझ मोदी गाउँपालिका–४ हलहलेमा चट्याङ लागेर २२ वर्षीय तारादेवी पुनको मृत्यु भएको गएको हो ।

घरमा सुतिरहेको बेलामा चट्याङ लागेर गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल पुर्‍याइएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।