सम्पादकीय

‘बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ’



सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औँ वार्षिक साधारण सभा तथा आठाँैं जिल्ला अधिवेशनको आइतबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार, प्रतिपक्ष, नागरिक समाज मिलेर नै मुलुकको विकास हुने बताए ।

साथै, उनले एक्लै सरकाले सबै काम गर्छु नभनेको पनि बताए । हरेक घटनालाई अतिरञ्जित गरेर राजनीतिक रङ नदिन प्रतिपक्षी दललाई उनलेआग्रह गरे । उनले सत्ता गुमेको छट्टपटीमा लोकतन्त्र खतरामा पुग्यो भन्नु आरोप बाहेक केही नभएको बताए । आजको गोरखापत्र दैनिकमा छ ।